लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

व्यवहारमै राजनीतिलाई समाज सेवामा परिणत गर्ने -छिरिङ दोर्जे लामा

काठमाडौं, २२ कात्तिक । बागमती प्रदेशसभा सदस्य उम्मेदवार छिरिङ दोर्जे लामाले व्यवहारमै राजनीतिलाई समाज सेवामा परिणत गर्ने बताएका छन् ।

काठमाडौं ३ (क) का प्रदेशसभा सदस्य उम्मेदवार कांगथ्रेस नेताले उनले राजनीति उत्कृष्ट समाजसेवा रहेकाले यसलाई व्यवहारमै परिणत गर्नुपर्ने बताएका हुन् । राजनीतिलाई समाजसेवमा परिणत नगरे भ्रष्टाचार बढ्ने उनको भनाइ छ ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवारसमेत रहेका उनले सामाजिक सेवाको उत्कृष्ट नमुना रहेको भन्दै आफूले पनि राजनीतिलाई लाभको पेसाको रुपमा नलिएको बताए ।

‘राजनीति समाजसेवाको उत्कृष्ट हो, जबसम्म राजनीतिलाई समाजसेवाको रुपमा व्यवहारमा परिणत गर्न सकिँदैन, यसले भ्रष्टाचार मात्र बढाउँछ,’ उनले भने, ‘राजनीतिलाई समाजसेवामा परिणत गर्नुपर्छ भन्ने मान्यता राख्छु र व्यवहारमै देखाएको छु ।’

यसअघि पनि प्रदेशसभामा निर्वाचित भएर एक कार्यकाल बिताएका उनले आफूले पहिलो कार्यकालमा पनि प्रदेशसभा जनताको पक्षमा काम गरेको दाबी गरे ।

सो कार्यकालमा पनि राजनीतिलाई समाजसेवाकै रुपमा बिताएको बताएका उनले आफ्नो निर्वाचन क्षेत्रमा ढल व्यवस्थापन, खानीपानीसहितका समस्या समाधान गर्न पहल गरेको बताए । यसका बाँकी काम अबको कार्यकालमा पूरा गरेरै छाड्ने उनको प्रतिबद्धता छ ।

विकासका काममा बाधाको रुपमा देखिएका कानुन संशोधन गर्ने, आवश्यक कानुन बनाउने भन्दै उनले कुनै समस्या परेका आम जनताले फोनबाट जानकारी गराउन सकिने बताए । सूचना प्राप्त भएमा समाधान गर्न पहल गर्ने उनले प्रतिबबद्धता जनाए ।


प्रकाशित : २०७९ कार्तिक २२, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप