लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

इरानी सुरक्षाबलको कारबाहीमा बालबालिकासहित १० जनाको मृत्यु

एजेन्सी

तेहरान, २४

देशको दक्षिणपूर्वी भागमा भएको विरोध प्रदर्शनमा इरानी सुरक्षा बलले दमन गर्दा बालबालिकासहित १० जनाभन्दा बढीको ज्यान गएको आशंका गरिएको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

शुक्रबार धेरै ट्विटर पोष्टहरूमा एम्नेस्टीले भनेको छ की सुरक्षा बलले सिस्तान र बलुचेस्तान प्रान्तको खाश शहरमा गभर्नरको कार्यालय र अन्य धेरै भवनहरूको छतबाट शान्तिपूर्ण प्रदर्शनकारीलाई प्रत्यक्ष गोलीबारी चलाएको थियो ।

छिमेकी पाकिस्तान र अफगानिस्तानसँग सीमा रहेको यो प्रान्त लामो समयदेखि उत्पीडित सुन्नी मुस्लिम बलुच जातीय अल्पसंख्यक सदस्यहरूको घर हो र त्यहाँ अशान्तिको लामो इतिहास छ ।

तेहरानमा नैतिकता प्रहरीको हिरासतमा मृत्यु भएकी २२ वर्षीया कुर्दिश महिला महसा अमिनीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शनबीच शुक्रबार हिंसा भएको हो । प्रहरी प्रमुखद्वारा एक बलुच बालिकालाई बलात्कार गरेको आरोपपछि सिस्तान र बलुचेस्तान राज्यको राजधानी जाहेदानमा हालै ठूलो प्रदर्शन भएको छ ।


प्रकाशित : २०७९ कार्तिक २३, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप