लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिका अहम् : राष्ट्रपति भण्डारी

काठमाडौं, २५ कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु समेत रहेका राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको भूमिका अहम् रहेको बताएकी छन्  ।

१३८औं फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा उनले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएकी छन्  ।

उनको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाउने गरिन्छ । ‘उहाँले देखाउनु भएको बाटोमा हिड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्‍वास मैले लिएको छु,’ भण्डारीले भनेकी छन् ।

भण्डारीले अगाडि भनेकी छन्, ‘महागुरु  फाल्गुनन्द धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा उहाँले समाजमा विद्यमान अनेक विकृति र विसङ्गतिलाई हटाउन समेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । सामाजिक रूढीवादको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देश अनुशरणीय रहेकोछ । उहाँले अपनाउनु भएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ भन्ने मैले विश्वास लिएको छु ।’


प्रकाशित : २०७९ कार्तिक २५, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप