लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नेपाल घुम्न अक्टोबरमा १७९ देशबाट आए साढे ८८ हजारभन्दा बढी पर्यटक

काठमाडौं, २८ कात्तिक

कोरोना महामारीको प्रभाव विश्वमा घट्दै गएपछि नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।

अध्यागमन विभागका अनुसार गत अक्टोबर महिनामा मात्र विश्वका १७९ देशबाट नेपाल घुम्नको लागि ८८ हजार ५८२ जना पर्यटक आएको थिए ।

सोही महिनामा नेपाल घुम्न आएकामध्ये ७२ हजार ५५ जना पर्यटक स्वदेश फर्केका छन् ।

यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने र फर्कने पर्यटकको मात्र हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारतीयको छ । अक्टोबरमा १६ हजार ९१० जना भारतीय नेपाल घुम्न आएका छन् ।

यस्तै, अमेरिकाबाट ११ हजार ८५९, बेलायतबाट ७ हजार ४१७, जर्मनीबाट ४ हजार ९३५, फ्रान्सबाट ४  हजार ९२९, अष्ट्रेलियाबाट ३ हजार ९४६, भियतनामबाट १ हजार ९२१, थाइल्याण्डबाट १ हजार २९६, स्वीट्जरल्याण्डबाट १ हजार २६४, स्पेनबाट २ हजार ९६, दक्षिण कोरियाबाट १ हजार ३७१, रुसबाट १ हजार ४०९, पोल्याण्डबाट १ हजार १८, नेदरल्याण्ड्सबाट १ हजार ८४२, मलेसियाबाट १ हजार ५९०, इटालीबाट १ हजार ४७१, इजरायलबाट १ हजार ४७२, क्यानडाबाट १ हजार ६८२ र बंगलादेशबाट २ हजार ७२० जना पर्यटक नेपाल आएका छन् ।

विभागका अनुसार अक्टोबर महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली र विदेशी गरी कुल ३ लाख ८६ हजार ७ जनाले आवतजावत गरेका थिए ।

उक्त महिना १ लाख ९९ हजार १०७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका थिए भने १ लाख ८६  हजार ९०२ जना अन्य देश गएका थिए ।


प्रकाशित : २०७९ कार्तिक २८, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप