लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

तालिबान नेताले न्यायाधीशलाई भने शारिया कानुनअनुसार सजाय तोक्नू

एजेन्सी
काबुल, २९ कात्तिक

तालिबान नेता हैबतुल्लाह अखुन्दजादाले अफगान न्यायाधीशहरूलाई निश्चित अपराधका लागि सार्वजनिक स्थानमा झुन्डाउनेदेखि ढुंगाले हिर्काउने जस्ता सजाय तोक्न आदेश दिएका छन् । डकैती, अपहरण र देशद्रोह जस्ता अपराधहरूलाई इस्लामिक शरिया कानूनको व्याख्याअनुसार सजाय दिनुपर्ने अखुन्दजादाका प्रवक्ताले बताएका छन् ।

न्यायाधीशहरूले अपराधीहरूलाई शरिया अनुसार सजाय दिनुपर्ने तालिबानका सर्वोच्च नेताको भनाई छ । तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै मुल्ला अखुन्दजादाले न्यायाधीशहरूको समूहलाई भेटेपछि “अनिवार्य“ आदेश आएको बताए ।

“चोरहरू, अपहरणकर्ताहरू र देशद्रोह गर्नेहरूको फाइलहरू ध्यानपूर्वक जाँच गर्नुहोस्,“ मुजाहिदले अखुन्दजादालाई उद्धृत गर्दै भने ।

सन् १९९० को दशकमा शक्तिमा हुँदा सार्वजनिक रुपमा मृत्युदण्डलगायत क्रुर सजायका लागि तालिबान आलोचित बनेको थियो । १५ महिनाअघि सत्तापलट गरेपछि तालिबानले नरम ढंगले शासन गर्ने प्रतिबद्धता जनाएका थिए । तर सत्तारोहणपछि तालिबानका लडाकुले निरन्तर ढंगले दमन गरिरहेका छन् । महिला अधिकारमा अंकुश लगाइएको छ ।


प्रकाशित : २०७९ कार्तिक २९, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप