लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

निर्वाचन अवधिभर मादक पदार्थ निषेध

खोटाङ, ३० कात्तिक
आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, विक्रीवितरण तथा सेवन गर्न निषेध गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले १ मंसिर राती १२ बजेदेखि ५ मंसिर राती १२ बजेसम्मका लागि जिल्लाभर मादक पदार्थको विक्रीवितरण तथा सेवनमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले मंगलबार सूचना जारी गर्दै निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ), गृह–मन्त्रालय (निर्वाचन सेल)को १२ कात्तिकको पत्र बमोजिम मादक पदार्थ बेचविखन र सेवनमा कडाई गरिएको जानकारी दिएका छन् । स्थानीय प्रशासनको आदेशको वर्खिलाफ भए÷गरेको पाइएमा कानून वमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।


प्रकाशित : २०७९ कार्तिक ३०, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप