लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बुद्ध एयरले अंग्रेजी नयाँ वर्षको शुरुवातदेखि ठुलो जहाजबाट सेवा दिन घोषणा

सुर्खेत, १ मंसिर ।

काठमाण्डौं– सुर्खेत–काठमाण्डौं रुटमा ७२ सिट क्षमताको एटीआर जहाजबाट बुद्ध एयरले अंग्रेजी नयाँ वर्षको शुरुवातदेखि सेवा दिन घोषणा गरेको छ । बुधबार सुर्खेत विमानस्थलमा गरिएको परीक्षण उडान सफल भएको जनाउँदै बुद्धले विज्ञप्ति जारी गरी अंग्रेजी वर्ष २०२३ जनवरी अर्थात आगामी पुस महिनादेखि ठूलो जहाजबाट सेवा दिने घोषणा गरेको हो ।

अहिले ४७ यात्रु क्षमताको जहाजबाट सेवा दिंदै आएको बुद्धले सम्भवतः जनवरी १ तारिख (पुस १७) देखि ७२ यात्रु सिट क्षमताको ठूलो विमानबाट दुई वटा नियमित उडान गर्ने गरी तयारी गरिएको जनाएको छ । ४७ सिट क्षमताको जहाजबाट दैनिक एक उडान मात्र हुँदा चर्को शुल्क तिर्नुपरेको गुनासो बढ्दै जाँदा बुद्धले ठूलो जहाजबाट न्यूनतम ७ हजार ५ सय टिकट मूल्य रहने उल्लेख गरेको छ ।

७२ यात्रु क्षमताको एटीआर जहाजबाट सुर्खेत उडान भएपछि यात्री लाभान्वित हुने बताउँदै एयरलाइन्सले एटीआर ७२ बाट सुर्खेत उडान थालेपछि न्यूनतम टिकट दर ७ हजार ५ सय हाराहारी हुने जानकारी दिएको छ । बुधबार बिहान नेपालगञ्जबाट सुर्खेतका लागि भएको परीक्षण उडानमा आएका बुद्ध एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरुलाई सुर्खेत उद्योग वाणिज्य संघले फुल मालासहित स्वागत गरेको थियो|


प्रकाशित : २०७९ मंसिर १, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप