लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मलेसिया एयलाइन्सको विमानमा गोली प्रहारः दोषीलाई आजिबन काराबास

 

एजेन्सी
किभ, ३ मंसिर

एक डच अदालतले युक्रेनमा सन् २०१४ मा मलेशिया एयरलाइन्सको उडान एमएच१७ लाई खसालेको मामिलामा तीन जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । दुर्घटनाको ८ वर्षपछि अदालतले एउटा महत्वपूर्ण मुद्दामा सो फैसला गरेको हो ।

रुसी नागरिक इगोर गिरकिन र सर्गेई डुबिन्स्की र युक्रेनी लियोनिद खार्चेन्कोलाई जहाजमा रहेका सबै २९८ जनाको हत्या र रुसले आपूर्ति गरेको क्षेप्यास्त्र बोइङ ७७७ लाई खसालेको अभियोगमा दोषी ठहर गरेको हो । चौथो व्यक्तिले भने सफाइ पाएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अदालतको फैसलाको प्रशंसा गरे । साढे दुई वर्षको सुनुवाइको अन्त्यका लागि संसारभरबाट आएका परिवारहरूले भरिएको अदालतको कोठामा फैसला पढ्दा ःएमएच १७ पीडितका आफन्तहरूले आँसु बगाएका थिए ।

“अदालतले प्रमाणित आरोपहरूलाई यति गम्भीर भनेको छ कि उच्चतम सम्भावित जेल सजाय मात्र उपयुक्त हुनेछ,“ प्रधान न्यायाधीश हेन्ड्रिक स्टेनहुइसले भने ।


प्रकाशित : २०७९ मंसिर ३, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप