लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ओएसआरले किन्यो छक्कापञ्जा ४ को डिजिटल राइट

 

काठमाडौं, ७ मंसिर
फिल्म ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले किनेको छ । ओएसआर डिजिटल र फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरिबीच कागजी सम्झौता भएको छ ।

ओएसआरका सन्चालक ओमप्रकाश अग्रवालका अनुसार ‘छक्का पञ्जा ४’ को ब्रान्ड भ्यालु अनुसार राम्रै मूल्यमा डिजिटल राइट ओएसआर डिजिटलले लिएको हो । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा हेमराज बिसीको निर्देशन छ ।

आगामी फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायत कलाकारहरूको अभिनय रहेको छ ।

दीपक–दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् । फिल्मका छायांकार नरेन्द्र मैनाली हुन् ।


प्रकाशित : २०७९ मंसिर ७, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप