लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता सम्भव छैन : माधव नेपाल

 

काठमाडौं, ८ मंसिर

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता सम्भव नरहेको बताएका छन् । बुधबार रौतहटमा आयोजित विजय र्‍यालीमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भने,  ‘सिद्धान्त र आदर्शको निम्ति अगाडि बढ्न चाहेका हुन् भने वाम एकता सम्भव छ ।  तर वाम कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता हुन सक्दैन ।’

नेपाल रौतहट १ बाट विजयी भएका छन् । उनी ३३ हजार पाँच सय २२ मतसहित निकटतम प्रतिद्वन्द्वी एमालेकै अजयकुमार गुप्तालाई फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेका नेपालले यसपटक निर्वाचनमा आफूहरूले सोचे जस्तो परिणाम नआएको बताए । यद्यपि निर्वाचनका क्रममा भएका कमीकमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्नेसमेत अध्यक्ष नेपालले बताए ।


प्रकाशित : २०७९ मंसिर ८, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप