लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

विश्व कपमा अस्ट्रेलियासँग ट्युनिसिया पराजित

 

काठमाडौं, १० मंसिर

विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ ।

कतारको अल जनौब रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले पराजित गरेको हो । अस्ट्रेलियाका लागि २३औं मिनेटमा माइकल डुकले गरेको गोल नै निर्णायक बन्यो ।

यससँगै  समूह ‘डी’ मा रहेको अस्ट्रेलिया २ खेलमा ३ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । २ खेलमा १ अङ्क रहेको ट्युनिसिया पुछारमा छ । अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो । यस्तै ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो ।

समूह ‘डी’ कै फ्रान्स र डेनमार्कको खेल आज राति पौने १० बजे हुनेछ । यस्तै आजको दोस्रो खेलमा समूह ‘सी’ को पोल्यान्ड र साउदी अरेबिया बेलुका पौने ७ बजे खेल्दैछन् ।

आज राति नै अर्जेन्टिना र मेक्सिको पनि खेल्दैछन् । अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।


प्रकाशित : २०७९ मंसिर १०, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप