लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

हिजाब नलगाएकी महिलालाई सेवा दिएको आरोपमा बर्खास्तगीमा परे बैंक प्रबन्धक

 

एजेन्सी
तेहरान, १२ मंसिर

बैंक हिजाब नलगाएकी महिलालाई बैंकिङ सेवा दिए बापत एक इरानी बैंक प्रबन्धकलाई बर्खास्त गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । राजधानी तेहरान नजिकको कोम प्रान्तमा एक बैंक प्रबन्धकले ‘बिहीबार एक अनावरण महिलालाई बैंक सेवाहरू उपलब्ध गराएको थियो ।’

उनलाई गभर्नरको आदेशले  पदबाट हटाइयो’ डेपुटी गभर्नर अहमद हाजिजादेहलाई उद्धृत गर्दै मेहर समाचार संस्थाले जनाएको छ ।

इरानमा अधिकांश बैंकहरू राज्य–नियन्त्रित छन् र हिजाब कानून लागू गर्ने त्यस्ता संस्थाहरूमा व्यवस्थापकहरू जिम्मेवारी रहेको हाजिजादेहले बताए ।

८ करोडभन्दा बढी जनसंख्या भएको देशमा महिलाहरूले आफ्नो टाउको, घाँटी र कपाल छोप्न त्यहाँको नैतिकतासम्बन्धी प्रहरीले अनिवार्य गराएको छ । सेप्टेम्बरमा एक युवतीले हिजाब नलगाएको भन्दै त्यहाँको नैतिकतासम्बन्धी प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनको हिरासतमै मृत्यु भएपछि देशभर हिजाबविरोधी प्रदर्शन चर्किएको छ ।


प्रकाशित : २०७९ मंसिर १२, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप