लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

 

काठमाडौं, १४ मंसिर

सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’ ‘चित्रकथा’ सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था रुम टु रिडले सो बालकथा प्रकाशन गरेको हो ।

वर्तमान समयमा जलवायु परिवर्तनको समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सो समस्यालाई न्यूनीकरण गर्न बालबालिकालाई सानैदेखि वातावरण संरक्षणसम्बन्धी ज्ञान वा चेतना जगाउने उद्देश्यले यो बालकथा सिर्जना गरिएको लेखक चौधरीले बताए । ‘यसको मुख्य विषयवस्तु वातावरण संरक्षण कसरी गर्नुपर्छ भन्ने नै हो’, चौधरीले भने, ‘यस विषयमा बालबालिकालाई सानैदेखि जलवायु परिवर्तनको समस्या बुझाउन र वातावरण संरक्षण गर्न उत्प्रेरित गर्नु हो ।’

लेखक चौधरीका अनुसार रानाथारू जातिमा प्रचलित एक लोककथाबाट विषयवस्तु तथा पात्रलाई लिएर यो बालकथा सिर्जना गरिएको हो । ‘यसमा रानाथारू जातिमा प्रचलित लोककथाका पात्र र विषयवस्तुलाई बालशैलीमा ढालेर सरल भाषामा नयाँपन ल्याइएको छ’, उनले भने ।

अनन्त वाग्लेको सम्पादन रहेको यस बालकथाको चित्र अनुश्री लामाले बनाएकी हुन् भने यसको डिजाइन विपीन सोडारीले गरेका हुन् । सम्पादक वाग्लेले अहिलेको जल्दोबल्दो समस्या जलवायु परिवर्तनको कारण के हो रु भन्नेबारे जानकारी दिन र यसलाई जोगाउन के गर्नुपर्छ भन्नेबारे बालबालिकालाई सचेत गराउन यो बालकथाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

रंगकर्मी र पत्रकारका रूपमा काम गरिरहेका चौधरीले यो पुस्तक प्रकाशनसँगै बालकथाकारका रूपमा अर्को परिचय थपेका छन् । यो उनको यो दोस्रो बालकथा हो भने पुस्तकाकारका रूपमा प्रकाशित पहिलो बालकथा हो । यसअघि उनको द एसिया फाउन्डेसनद्वारा ‘ढोला फर्कियो त रु’ नामक बालकथा प्रकाशित छ । जुन लेट्स रिड नेपालको वेबसाइटमा पढ्न सकिन्छ । त्यसैगरी चौधरीको नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ नामक अनुसन्धानात्मक पुस्तक पनि प्रकाशित छ ।


प्रकाशित : २०७९ मंसिर १४, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप