लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी

 

काठमाडौं, १६ मंसिर ।

नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ ।

केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट भइरहेको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदै छ भन्ने फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुन लागेको प्रचारप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले यो हल्ला निराधार रहेको जिकीर गरे ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा एकीकृत समाजवादी प्रस्ट रहेको भए पनि अहिले त्यस सम्बन्धमा कुनै छलफल, वार्ता वा सम्वाद नभएको महासचिव भुसालले भने ।

भ्रममा नपर्ने आग्रह गर्दै उनले जारीको विज्ञप्तिमा भनिएको छ,  ‘विगत केही दिनदेखि विभिन्न संचार माध्यममा भैरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच तत्काल एकता हँुदै छ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र स्पष्ट पार्न चाहन्छौँ कि यो प्रचार पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन । नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौँ । तर, अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केहि पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’


प्रकाशित : २०७९ मंसिर १६, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप