लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

प्याब्सकले फुटसल कप आयोजना गर्ने

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले मंगलबारदेखि दुई दिनसम्म फुटसल आयोजना गर्ने भएको छ । संगठनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिताबारे जानकारी गराएको हो ।

संगठनका अध्यक्ष गेन्द्र लामाले दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ वटा विद्यालयका विद्यार्थीहरूको टीम सहभागी हुने बताएका छन् । भाटभटेनी फुटसल ग्राउण्ड चुच्चीपाटीमा हुने प्रतियोगिताको तयारी भइरहेको प्याब्सकका महासचिव राजन श्रेष्ठ ‘धरातल’ ले जनाए ।प्रतियोगितामा प्याब्सक सदस्य विद्यालयले मात्रै सहभागिता  जनाउन पाउने श्रेष्ठको भनाई छ । विद्यार्थीको सीप विकास गर्ने उद्देश्यले प्याब्सकले यस प्रकारका कार्यक्रम आयोजना गर्दै आएको पनि महासचिव श्रेष्ठले जनाए ।

प्रतियोगितामा प्रथम हुने टिमले १० हजार रुपिँया नगदसहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुने टिमले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने टिमले ३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगिता आयोजक समितिका संयोजक राजु पुडासैनीले जानकारी दिए ।

अठार वर्षअघि स्थापना गरिएको प्याब्सकले पटक-पटक शैक्षिकसहित सिर्जनात्मक कार्यक्रम गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । प्याब्सकले यसअघि प्रिन्सिपलबीच पनि फुटसल प्रतियोगिता गराएको थियो । विद्यार्थीबीच खेलाइने यो सातौं प्रतियोगिता भएको आयोजकले जनाएको छ ।

प्याब्सकमा काठमाडौँको उत्तरी बेल्टका ४० भन्दा बढी निजी तथा आवासीय विद्यालयहरू समावेश छन् ।


प्रकाशित : २०७९ मंसिर १८, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •