लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अस्पतालमा साइबर हमला, शल्यक्रिया रद्द

 

एजेन्सी
पेरिस, १९ मंसिर

पेरिस नजिकैको भर्साइलको एउटा अस्पतालमा साइबर हमला भएपछि शल्यक्रिया रद्द गर्नु परेको जनाइएको छ । हमलाका कारण केही  बिरामीहरूलाई स्थानान्तरण गर्नुपरेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साइबर आक्रमणपछि तीन जना सघन हेरचाह र तीन जनालाई नवजात इकाइबाट स्थानान्तरण गरिएको स्वास्थ्यमन्त्री फ्रान्कोइस ब्राउनले जानकारी दिए ।

क्षेत्रीय स्वास्थ्य एजेन्सी (एआरएस)ले अस्पतालले अपरेसन रद्द गरेको तर वाक–इन सेवाहरू र परामर्शहरू सञ्चालन गर्न सम्भव भएसम्म गरिरहेको जनाएको छ । घटनापछि थप कर्मचारीहरूलाई सघन हेरचाह इकाईमा बोलाउनुपरेको पनि अस्पतालले जनाएको छ ।

साइबर आक्रमणले “अस्पतालको पूर्ण पुनर्गठन“ निम्त्याएको थियो, स्वास्थ्य मन्त्री ब्राउनलले जानकारी दिए ।
पेरिस अभियोजकको कार्यालयले अस्पतालले आइतबार औपचारिक उजुरी दिएपछि राज्यको डाटा ह्याक गर्ने र जबरजस्ती रकम असुल्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धान खोलेको छ ।


प्रकाशित : २०७९ मंसिर १९, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप