लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कर्णाली नदीमा डोजर खस्यो : दुई जनाको मृत्यु, तीन बेपत्ता, तीन घाइते

 

 

कालिकोट, २४ मंसिर

कर्णाली करिडोरस्थित रेगिल सडकखण्डमा स्काई भेटर डोजर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । फुकोट कर्णाली हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदिमा खसेको हो ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते छन् । तीन जना नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । डोजर दुर्घटनामा सान्नित्रिबेणी-१ का अन्दाजी १७ वर्षीय चरित्र बिक र सान्नित्रिबेणी-१ का अन्दाजी १४ वर्षीका युवाराज बुढको मृत्यु भएको छ ।

दुर्घटनामा परी सान्नित्रिबेणी-१ कै नर गीरीका छोरा उमेस गीरी, सान्नित्रिबेणी-१ का रक्तिम बिक अछाम घरभई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन् ।

डोजरमा रहेका रास्कोट नगरपालिका-७ का मिलन शाही गम्भीर घाइते छन् । घाइतेरूको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहे छ । बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय का प्रवक्ता सुभराज बमले बताए ।


प्रकाशित : २०७९ मंसिर २४, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप