लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

३ महिलासहित २० जनाले उडाए प्याराग्लाईडिङ

 

उदयपुर, २६ मंसिर

उदयपुरकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीबाट ३ महिलासहित २० पाईलटले एकै दिन प्याराग्लाईडिङ उडान भरेका छन । उडान भने फ्लाईङ् वन्डर प्याराग्लाईडिङ प्राईभेट लिमिटेट गाईघाटका प्रशिक्षार्थाीले गरेका थिए । कम्पनीबाट विभिन्न कोर्ष गर्ने देशभरका करिब २० विद्यार्थीहरुले उडानलाई सफलताका साथ ल्याण्डिङ गरेका जिल्ला साइक्लिङ संघ उदयपुरका अध्यक्ष जितु राईलाले जानकारी दिए ।

रौतापोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै उदयपुरको परिचयलाई देश विदेशमा परिचित गराउँदै विदेशी पाईलटहरुलाई समेत आकर्षित गर्ने उदेश्यले रौताबाट गाईघाटसम्म लामो उडान गरेको राईलाले जनाए । ती विद्यार्थीहरुले प्रशिक्षण र विद्यालयको अनुमतिमा रौताबाट सीधै गाईघाटसम्मको लामो उडान गरेका थिए ।
विदेशी पाईलटहरुलाई नेपालमा पनि प्रचुर सम्भावित ठाउँहरु छ भन्ने देखाउँदै बाह्रय पर्यटकको आकर्षण गर्ने उद्देश्यले उडान भरेको जनाइएको छ ।

शनिबार  रौता पोखरीको खर्कमा उडान हेर्न स्थानीयहरु निकै उत्साहित भए । रौता दर्शन गर्न पुगेका आन्तरिक पर्यटकसमेत उडान हेर्न खर्क डाँडामा पुगेका थिए । रौताबाट सीधै गाईघाटमा अवतरण गर्न उडेका प्याराग्लाईडिङहरु हावा र मौसमका कारण गाईघाट पुग्न सकेनन् ।  मौसमको प्रतिकूलताका कारण बरुवा पुल तथा  बेलदोभान बाबरीको फिल्डमै ल्याण्ड गरेका थिए । अहिले सम्म कुनै पनि कम्पनी वा व्यक्तिहरुले रौताबाट कहिल्यै उडान गरेका थिएन ।  पाईलटहरुलाई पूर्व वडाअध्यक्ष खगेन्द्र रास्कोटी स्थानीय नेता र रौताबासीहरुले भव्य स्वागत गरेका थिए ।


प्रकाशित : २०७९ मंसिर २६, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप