लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

उद्योग वाणिज्य संघ बर्दिवासकाे निर्वाचन : खड्का प्यानलद्वारा नौ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

 

महोत्तरी, २६ मंसिर

बर्दिवास उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनको तयारी धुमधामसँग भइरहेको छ । यसैबीच, केही उम्मेदवारले प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा गरेका छन् भने अन्यले पनि उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् ।

बर्दिवासका व्यापारी विष्णु खड्का नेतृत्वको प्यानलले सोमबार नौ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । खड्का प्यानलले व्यवसायी सदस्यलाई दैवी प्रकोपवाट आइ पर्ने समस्याहरूको लागि निर्वाचित भएलगत्तै पाँच लाख ५१ हजारको अक्षयकोष खडा गर्ने निर्णय गरेको छ ।

सुन्दर र सुरक्षित बर्दिवास निर्माणको लागि सिसिटिभी जडान, मर्मत, अव्यवस्थित बिजुलीका तार हटाउनेदेखि जेब्रा क्रसिङ्ग र व्यवस्थित पार्किङ्ग निर्माणमा भूमिका खेल्ने खड्का प्यानलको प्रतिबद्धता छ । यस्तै, फोहोरमैला व्यवस्थापन, घरभाडाको दिगो सावधान, सार्वजनिक शौचालय निर्माण, घुम्ती शौचालय, पर्यटन विकास जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

व्यवसायीलाई सुलभ कर्जा प्रदान गर्ने व्यवस्था मिलाउन स्थानीय बैंक र वित्तिय संस्थासँग पहल गर्ने पनि प्रतिबद्धता जनाएको छ । नगरभित्र रहेका कुनै पनि व्यवसायलाई करको दायरामा ल्याउने र व्यवसायीले झेल्दै आएको मूल्य अभिवृद्धिकर, वाणिज्य कर आदिको सहजीकरण गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

खड्का प्यानलबाट उत्तम श्रेष्ठ, गुन्जबहादुर कार्की, सन्तोष श्रेष्ठ, बद्रिप्रसाद हुमागाई, रुद्रबहादुर किङरिङ्गं, सन्तोष सिग्देल, विष्णुदेव उपाध्याय, सैलेश दाहाल, रन्जितराज ढुंगाना, चौधरी महतो, नसिफ नदाफ र सुरज खड्काले उम्मेदवारी दिएका छन् ।


प्रकाशित : २०७९ मंसिर २६, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप