लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भन्सार छलीमा आफै संलग्न भेटिए सत्ती भन्सार प्रमुख शाह

कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाका कार्यालय प्रमुख आफै भन्सार छलीमा संलग्न रहेको पाइएको छ । भारतीय बजारबाट शुक्रबार साँझ आफ्नै सरकारी गाडीमा भन्सार छली गरी एसी ल्याएको अवस्थामा कार्यालय प्रमुख विमल कुमार शाह फेला परेका हुन् ।

भन्सार कार्यालयका कार्यालय प्रमुख शाहले भन्सार कार्यालयको सरकारी नम्बर प्लेटको गाडीमा ४ थान एसी ल्याएको अवस्थामा कार्यालय परिसरमै फेला परेका हुन् । कार्यालयको से १ झ ३०२ नम्बरको गाडीमा प्यानासोनिक कम्पनीको ४ थान एसीसहित उनी फेला परेका हुन् ।

दुई देशीय कस्टम बैठकमा सहभागी हुन भारत गएका शाहले त्यहाँबाट एसी लिएर आएका हुन् । भन्सार सम्बन्धी रिपोर्टिङका लागि भन्सार कार्यालय सञ्चारकर्मीहरू पुग्दा कार्यालयमा शाह नभएपछि उनलाई पर्खेर बसेका थिए । उनी आएपछि उनको गाडीमा एसी फेला परेपछि उनलाई जिज्ञासा राख्दा घरायसी प्रयोजनका लागि भारतीय बजारबाट एसी खरिद गरेको स्वीकार गरेका छन् । उनीसँग एसीको बिल समेत भेटिएको छैन ।

उनी कार्यरत भन्सार कार्यालयको कार्य सम्पादनमा पनि निकै गिरावट आएको पाइएको छ । गत आर्थिक वर्षदेखि भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन समेत गर्न सकेको छैन । कार्यालयले लक्ष्यको ५२ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । चालू आर्थिक वर्षमा १६ करोड ९४ लाख ४२ हजार राजस्व संकलनको लक्ष्य पाएको भन्सार कार्यालयले ५ महिनामा दुई करोड ४७ लाख ८५ हजार मात्रै राजस्व संकलन गर्न सकेको छ ।


प्रकाशित : २०७९ पुष २, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप