लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कति हुन्छ विश्वकप विजेताको पुरस्कार रकम ?

कतार विश्वकपको फाइनल खेल आइतबार हुँदैछ । पहिलो पटक कतारमा भएको विश्वकप फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्ने लक्ष्यमा छ । यता फ्रान्स पनि लगातार दोस्रो पटक गरी समग्रमा तेस्रो पटक उपाधि जित्ने योजनामा छ ।

विश्व फुटबलकै महाकुम्भको विजेता टोलीले कति पुरस्कार पाउँछ भन्ने चर्चा हुन्छ ।  विश्वकपमा विजेता टोलीसँगै अन्य टोलीले पनि पुरस्कार पाउँछन् । विश्वकप विजेताले उपाधिसँगै ठूलो मात्रामा नगद रकम पाउँछ । कतारमा विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनेछ । सन् २०१८ मा फ्रान्सले पाएको विश्वकपको पुरस्कारभन्दा ४ मिलियन धेरै हो ।

अब बन्ने विश्वकप विजेताले पाउने रकम नेपालीमा हिसाब गर्दा नेपाल राष्ट्र बैंकअनुसार शनिबारको अमेरिकी डलरको बिक्री मूल्य अनुसार करिब ५ अर्ब ५६ करोड ६१ लाख ४६ हजार ६०० हुन्छ । यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात् नेपाली रकम ३ अर्ब ९७ करोड ५८ लाख १९ हजार पाउने छ ।

तेस्रो हुने टिमले २७ मिलियन अर्थात् ३ अर्ब ५७ करोड ८२ लाख ६० हजार पाउँदा चौथो हुने टिमले २५ मिलियन अर्थात् ३ अर्ब ३१ करोड ३१ लख ८२ हजार ५०० रुपैयाँ पाउनेछन् ।


प्रकाशित : २०७९ पुष २, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप