लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

विश्वकप फाइनल : फ्रान्सका राष्ट्रपति म्याक्रोन कतारमा, अर्जेन्टिनाका फर्नान्डिज नजाने

खलिफा : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताएका छन्।

 

 

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेज भने फाइनल खेल हेर्न कतार नजाने बताएका छन्।

आइतबार अर्जेन्टिनाले प्रतियोगितामा पहिलो स्थानका लागि फ्रान्ससँग खेल्नेछ। ‘लाखौं देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको मजा लिनेछु। म यो अद्भुत क्षणलाई पहिलेजस्तै मेरा मानिसहरूसँग मिलेर बाँच्नेछु। हाम्रा उत्कृष्ट खेलाडी मैदानमा हुनेछन् र गौरवशाली फ्यानहरु स्ट्यान्डमा हुनेछन्,’ फर्नान्डिजले ट्वीटरमा लेखेका छन्।

कतारको खलिफा रङ्गशालामा शनिबार भएको प्लेअफमा मोरक्कोलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसिया तेस्रो स्थान जित्न सफल भएको छ।

फ्रान्सका केही खेलाडी भाइरलबाट प्रभावित छन्। उनीहरुले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने सम्भावना छ। इएसपीएनका अनुसार राफेल भरान र इब्राहिम कोनाटे आइसोलेसनमा छन्।


प्रकाशित : २०७९ पुष ३, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप