लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

हर्कविरुद्ध धरानका दलहरुको वक्तव्य- परिवर्तनमा सहभागी नभएका छद्मभेषीको अराजकता सुरू

विराटनगर । सुनसरी धरानका मुख्य राजनीतिक दलहरूले धरानका मेयर हर्कराज साम्पाङ्गले कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर जानु भनेर दिएको अभिव्यक्ति सच्याउन माग गरेका छन् ।
एमाले, नेपाली कांग्रेस र माओवादीको नगर नेतृत्वले संयुक्त विज्ञप्ति जारी गर्दै कार्यपालिका सदस्यलाई धम्क्याउने हिसाबले राजीनामा दिनू भन्ने शब्द फिर्ता लिन भनेका हुन् ।

उनीहरूले मेयर साम्पाङ्गले आफूलाई प्राप्त मतलाई बहुमत भन्दै, दम्भ राखी जननिर्वाचित प्रतिनिधिहरूको राजीनामा माग्नु कुन नैतिकता हो ? भन्दै प्रश्न गरेका छन् ।

समस्या समाधान गर्न छाडेर नेतृत्व आफैँ प्रतिवादमा उत्रने कार्यले धरानबासीले अपेक्षा गरेको विकास तथा समृद्धिको चाहानालाई कुठाराघात गरेको ठहर गरिएको छ । विज्ञप्तिमा यसरी नगर प्रमुख नै प्रतिवाद्धमा उत्रनुले समस्या समाधान गर्नुभन्दा बल्झाउने कार्य गर्ने विज्ञप्तिमा उल्लेख छ ।

विगतमा धरानको विकासमा राजनीतिक दलहरूका बीचमा सहकार्य भएको उल्लेख गर्दे अहिले नेपालको राजनीतिक परिवर्तनमा कुनै पनि भूमिका नभएका छद्मभेषीको अराजकता सुरू भएको दलहरूले टिप्पणि गरेका छन् ।

असोज १३ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डामाथि सदस्य अनुप देवानलाई आफ्नो राय राख्न नदिई मेयर साम्पाङ्गले बैठक छाडेर बाहिर जानु भनेका थिए । कार्यपालिका सदस्यहरूले मेयरको उक्त अभिव्यक्तिबाट आफूहरूको अपमान भएको महसुस गर्नु स्वाभाविक भएको उल्लेख छ ।


प्रकाशित : २०७९ पुष ३, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप