लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

विकास बोर्डमा ताला लगाउने कार्यक्रमसहित चलचित्र संघले गर्यो आन्दोलनको घोषणा

देशभरीका फिल्म प्रदर्शकहरुको साझा संस्था नेपाल चलचित्र संघले चलचित्र विकास बोर्ड खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

काठमाडौंमा बुधवार देशैभरीका एक सयभन्दा बढी सिनेमा हल सञ्चालहरुको भेलाले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा माग्नेदेखि बोर्डमा ताला लगाउने र सिनेमा हल नै बन्द गर्नेसम्मका कार्यक्रमहरु घोषणा गरेका छन् ।

चलचित्र संघले निर्धारण गरेका विरोध कार्यक्रमहरु अनुसार पुस १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने तथा पुस १४ गतेदेखि १६ गतेसम्म कालोपट्टी बाँधेर सिनेमा हलमा काम गर्ने कार्यक्रम समावेश छन् ।

चलचित्र संघले घोषणा गरेको कार्यक्रममा पुस १६ गतेसम्म पनि सञ्चार मन्त्रालयले आफ्नो मागप्रति आवश्यक पहल गर्दै सम्बोधन नगरे देशैभरीका सिनेमा हल बन्द गर्ने तथा विकास बोर्डमा ताला लगाउनेसम्म छन् ।

चलचित्र संघका महासचिव नरेन्द्र महर्जनका अनुसार उनीहरुको भेलाले विकास बोर्डका अध्यक्ष भुवन केसीसँग वार्ता नगर्ने निर्णय गरेको छ । संघका पदाधिकारीहरु मन्त्रालयस्तरमै वार्ता गर्न चाहन्छन् ।

विकास बोर्डले पछिल्लो समय गरेका केही निर्णयहरुप्रति संघको आपत्ति छ । खासगरि फिल्म प्रर्दशन हुनुभन्दा एक साताअघि नै सेन्सर हुनु पर्ने, राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने तथा विश्वकप फुटबलजस्ता कार्यक्रम देखाउन नपाइने भन्ने बोर्डको नियमलाई लिएर संघ बोर्डप्रति रुष्ट छ ।


प्रकाशित : २०७९ पुष ६, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप