लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मध्यरातसम्म फिल्म प्रदर्शन पाइने

चलचित्र विकास बोर्डले फिल्म सेन्सर सम्बन्धि नियम संशोधन गरेको छ । विकास बोर्डले फिल्म सेन्सर सम्बन्धि नियममा परिवर्तन गर्ने घोषणा गरेसंगै चलचित्र संघले आन्दोलनका कार्यक्रम स्थगित गर्ने अनुमान गरिएको छ ।

सोमबार बसेको बोर्डको बैठकले स्वदेशी तथा विदेशी फिल्मको सेन्सर सिफारिस लिनका लागि प्रदर्शन मितिभन्दा कम्तीमा सात दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियमलाई परिर्माजन गर्दै अब चार दिनअघि दरखास्त पेश गर्दा हुने निर्णय गरेको हो ।

मध्यराति फिल्म प्रदर्शन गर्नु परेमा प्रदर्शन अगावै बोर्डलाई जानकारी गराए हुने निर्णय गरिएको छ ।

यसअघि बोर्डले बिहान ६ बजेदेखि राति ११ बजेसम्म शो निर्धारण गरेर फिल्म प्रदर्शन गर्न प्रदर्शकहरुलाई निर्देशन दिएको थियो ।

फिल्म क्षेत्रका समस्या समाधानका लागि संघ–संस्थाहरुसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि बोर्ड सधैं तत्पर रहेको अध्यक्ष भुवन केसीको भनाइ छ ।

चलचित्र संघले एक हप्ता अगाडि सेन्सर सिफारिस लिनुपर्ने तथा ११ बजेपछि फिल्म प्रदर्शन गर्न नपाउने बोर्डको निर्णयविरुद्ध आन्दोलनको घोषणा गरेको थियो ।


प्रकाशित : २०७९ पुष १२, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप