लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रधानमन्त्रीको निर्देशन पछि विदेशबाट फर्किने यात्रुले ल्याउने मोबाइलमा यसअघिकै व्यवस्था कायम

सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

भन्सार विभागले विमानस्थल भन्सार कार्यालयलाई आजबाट जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेका अनुसार आजबाट विदेश बाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको उउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था कार्यान्वयन नगरिएको बताए ।

 

‘हामीलाई हिजो बेलुका नयाँ लागू गर्न खोजिएको व्यवस्था कार्यान्वयन नगर्न निर्देशन आएको छ,’ उनले भने,’हामीले प्रज्ञापनपत्र दिएका छैनौं ।’ सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम -एमडीएमएस) पूर्ण प्रयोगमा ल्याउँदै विदेशबाट आउने मोबाइल नेपालमा दर्ता गर्नका लागि भन्सार विन्दुमा प्रज्ञापनपत्र दिने व्यवस्था गरेको थियो ।

 

यसैअनुसार विदेशबाट आएका यात्रुले बोकेको पहिलो मोबाइलको दर्ताका लागि निःशुल्क प्रज्ञापनपत्र जारी गर्ने र दोस्रोको लागि १८ प्रतिशतसम्म भन्सार तिरेर प्रज्ञापनपत्र लिने व्यवस्था गरिएको थियो । अब पनि दुई भन्दा बढी मोबाइल ल्याएमा भने भन्सारले जफत गर्ने नियम विद्यमान रहनेछ ।


प्रकाशित : २०७९ पुष १५, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप