लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ई–सेवा मनी ट्रान्सफरको आन्तरिक रेमिट्यान्स कारोबार बन्द

आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेसँगै ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्णरूपमा बन्द गरेको छ ।

राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा कडाइ गरेकाले ई सेवाले आन्तरिक कारोबार पुस १७ देखि लागू हुनेगरी पूर्ण रूपमा बन्द गरेको बताएको हो । रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउनु (इनवार्ड रेमिट) हो । अब आन्तरिक रेमिट्यान्स बन्द गरी विदेशी रेमिट्यान्स वृद्धि गर्ने उद्देश्य राखिएको ई–सेवाले जनाएको छ ।

कम्पनीले आन्तरिक रेमिट्यान्स कारोबारलाई नियामक निकायले कडाइ गर्दै गएको, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुपरेको लगायत कारण आइतवारदेखि आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए ।

उनले कम्पनीको सम्पूर्ण ध्यान रेमिट्यान्समार्फत् विदेशी मुद्रा भित्र्याउन उपयोग गरिने बताए । सिईओ कोइरालाले विप्रेषण विनियमावली ०६७ विनियम ७ को खण्ड (ञ) मा विप्रेषकले विदेशबाट विप्रेषणका रूपमा विदेशी मुद्रा प्राप्त गर्ने (इनवार्ड रेमिट्यान्स) कार्य मात्र गर्न पाउने व्यवस्थाअनुसार नै काम गर्दै आएको बताए । उनले राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीले विदेशबाट रेमिट्यान्समा विदेशी मुद्रा प्राप्त गर्ने कार्य मात्र गर्न पाउने व्यवस्थाको पूर्ण रूपमा पालना गर्न निर्देशन दिएकाले राष्ट्र बैंकको निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्न आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरिएको उल्लेख गरे ।

सीईओ कोइरालाले मुलुकको समग्र रेमिट्यान्समा वार्षिक रुपमा १० प्रतिशत मात्रै वृद्धि हुने गरेको बताए । उनले विदेशी रेमिट्यान्स वृद्धि गर्न आन्तरिक रेमिट्यान्सले ठूलो योगदान गर्न नसकेको पनि बताए । पछिल्ला महिनाबाट राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारमा कडाइ गरेको छ ।

०७८ फागुनमा आन्तरिक रेमिट्यान्सको कारोबार सीमा (मुलुकको एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उसका सब–एजेन्टमार्फत गरिने आन्तरिक रेमिट्यान्स स्थानान्तरण) घटाइएको थियो । त्यसयता प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाउने व्यवस्था छ  ।


प्रकाशित : २०७९ पुष १८, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप