लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

स्थानीयले गाउँमै सिंहदरबार आएको महसूस गर्न थाले

स्थानीयस्तरमा नै पुगेर छनोट भएका योजनाको सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसूस गर्न थालेका छन् ।

१ नम्बर प्रदेशको पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौता थालेको हो ।

गाउँपालिकाले टोलटोलमै पुगेर अहिले योजना सम्झौता गरिरहेको छ ।

स्थानीयलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भन्दै गाउँपालिकाका अध्यक्ष थामबहादुर राई सहितको कर्मचारीको टोलीले वडाका टोलटोलमा पुगेर योजना सम्झौता गरेको ३ नम्बर वडा भुल्केका वडाध्यक्ष रामु थापा मगरले जानकारी दिए ।

‘गाउँपालिकाबाट सञ्चालन हुने योजनाहरू वडाबाटै सम्झौता गर्न शिविर नै चलाउने निर्णय गाउँसभामै भएको थियो, सोहीअनुसार अहिले योजना सम्झौताका लागि आवश्यक कर्मचारी सहितको टोली सक्रिय छ,’ अध्यक्ष मगरले भने ।

आफूले निर्वाचित गरेर पठाएका जनप्रतिनिधि सहितको टोली गाउँमा आएर योजना सम्झौतामा सक्रिय हुन थालेपछि गाउँमा पनि सिंहदरबार आएको महसूस स्थानीयले गरेका छन् ।

गाउँपालिका अध्यक्ष थामप्रसाद राईसहितको टोलीले अहिलेसम्म पालिका वडा नम्बर ३ भुल्के, वडा नम्बर ७ बासिखोरा, वडा नम्बर ५ मानेभञ्ज्याङ, वडा नम्बर ६ बैकुण्ठे र वडा नम्बर ८ गरी ४० वटा योजना सम्झौता गरिसकेको छ । पालिकाको वडा नम्बर ४, १ र २ नम्बर वडामा योजना सम्झौता गर्न बाँकी छ ।

वडा तहबाट योजना सम्झौता गर्नका लागि पालिका पुग्न १ दिन नै लाग्ने र खर्च समेत हुने समस्या हटेकाले स्थानीय खुशी भएका अध्यक्ष राईले बताए । गाउँपालिकाले पहिलो गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा योजना सम्झौता टोलटोलमा नै पुगेर गर्ने निर्णय गरेका थिए ।


प्रकाशित : २०७९ पुष १९, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप