सरकारका न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन भन्दै सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा भेला भएको छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत सहभागी छन् ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् ।
सरकारको न्यु्नतम साझा कार्यक्रम र मन्त्रिपरिषद् विस्तारबारे बैठकमा छलफल हुने बालुवाटार स्रोतले बतायो ।
प्रधाननमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिँदैछन् । त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । बालुवाटार बैठकअघि प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा भेटवार्ता गरेका थिए ।


समाचार


