लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

यातायात कार्यालय गुर्जुधाराबाट २६ जना बिचौलिया पक्राउ

चन्द्रगीरी नगरपालिका स्थित गुर्जुधाराको यातायात कार्यालयबाट प्रहरीले २६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । गुर्जधारा स्थित यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (बागमती)मा जाने सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा उनीहरूले रकम असुल्ने गरेको आरोप छ ।

सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । बिचौलियाहरूलाई प्रहरी परिसर टेकुमा राखिएको छ । उनीहरुबिरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने एसएसपी बोहराले जानकारी दिए ।

नयाँ लाइसेन्स बनाउन र कागजपत्र नवीकरण गर्न जाने सेवाग्राहीलाई ‘छिटो काम गरिदिन्छौँ’ भनेर बिचौलियाहरूले रकम असुल्ने गरेका छन् । यातायातका कर्मचारीहरू पनि बिचौलियाहरूसँग मिल्ने गरेको आरोप छ ।


प्रकाशित : २०७९ पुष २१, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप