लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

निर्मला कुर्मीलाई गृहमन्त्रीको आग्रह : धर्ना छाडेर अनुसन्धानमा सघाउनुस्

निर्मला कुर्मीलाई गृहमन्त्रीको आग्रह : धर्ना छाडेर अनुसन्धानमा सघाउनुस्

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणबद्ध आन्दोलनमा रहेका पक्षलाई धर्ना छाडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।

सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिए ।

उनले सबै धर्ना र आन्दोलनका गतिविधि छाडेर प्रहरीको छानबिनमा सहयोग गर्न आग्रह गरेका हुन् ।

आफू मन्त्री भएपछि दुईपटक टेलिफोन गरी धर्नामा रहेकी रुबी खानलाई उनले घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन प्रयास गरिरहेको बताएका थिए ।

यसअघि गत सोमबार गृहमन्त्री लामिछानेले गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई यस विषयमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए । रासस


प्रकाशित : २०७९ पुष २४, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप