लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

हिमालयन बैंकले ल्यायो सीआरएम मेसिन, बिनाकार्ड पैसा जम्मा गर्न सकिने

हिमालयन बैंकले आफ्ना ग्राहकहरूलाई सहज र सुविधा दिन बैंकको विभिन्न शाखाहरूमा सीआरएम (क्यास रिक्लिएर मेसिन) सञ्चालनमा ल्याएको छ ।

हाल बैंकले सातवटा सीआरएम बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगन्ज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दैछ भने यसको संख्या बढ्ने क्रम जारी छ ।

यस सीआएरएमबाट सेवाग्राहीहरूले कुनै पनि समयमा कुनै झन्झटबिना नै खातामा रकम जम्मा तथा झिक्न सक्नेछन् ।

सो मेसिनबाट रकम जम्मा गर्दा बिनाएटीएम कार्ड सीधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ, जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको यस सुविधाले बैंकका ग्राहकहरूलाई बैंकिङ कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ ।

हाल बैंकले नेपालभरि फैलिएको कूल ७४ शाखा, ६ विस्तारित काउन्टर, १६० एटीएम र ६,००० भन्दा बढी पीओएस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ ।


प्रकाशित : २०७९ पुष २६, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप