लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आज पृथ्वी जयन्ती मनाइँदै, सरकारले दियो बिदा

आज ३०१ औं पृथ्वीजयन्ती मनाइँदैछ।

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम गरी बुधबार मनाउन लागिएको हो।

तत्कालीन अवस्थामा गोरखाका राजा रहेका पृथ्वीनारायण शाहले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरेका थिए।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए।

नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाए।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायणको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइँदैछ।

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

राप्रपाले पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने माग सरकारसँग राखेको थियो। न्यूनतम साझा कार्यक्रम पेश गर्दा राप्रपाले पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने प्रस्तावसमेत राखेको थियो।

राप्रपाले आज देशैभर कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउँदैछ। पृथ्वी जयन्तीमा आज गोरखामा पनि विशेष कार्यक्रम छ, पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम पनि छ।


प्रकाशित : २०७९ पुष २७, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप