लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नयाँ वर्ष किरात येले सम्वत् ५०८३ मा कोइँच वर्णमाला र क्यालेण्डर प्रकाशन गर्दै

प्रबिधि बिस्तार सङगै आफ्नो भाषा र सस्कृति बिर्सदै गरेको अबस्थामा भाषा र सस्कृति जगेर्ना गर्ने उदेश्यसाथ सुनुवार सेवा समाजले आफ्नो लिपिमा नयाँ वर्ष येले थोचे 5083 को उपलक्ष्यामा माघ १ गते कोइँच वर्णमाला र क्यालेण्डर प्रकाशन गर्दैछ । भने एप्सको काम गरि नै रहेको छ । जहाँबाट सबैले सहज तरिकाले आफ्नो भाषामा लेख्न र बोल्न सक्ने छन ।

सुनुवार सेवा समाज संघीय समिति, किरातीहरूको नयाँ वर्ष किरात येले सम्वत् ५०८३ तथा सामिबु पिदार’ को उपलक्ष्यामा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि तथा सु-स्वास्थ्यको कामनासहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछ । यस पावन अवसरमा सबै कोइँचहरूले वैयाक्तिक साथै सबै शाखा, समिति र आङ्गिक संस्थाहरूले पनि आ-आफ्नो कार्यक्षेत्रमा आम कोइँच तथा गैर- कोइँच दाजुभाई दिदीबहिनीहरूसँग औपचारिक-अनौपचारिकरुपमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेर नयाँ वर्ष किरात येले थोचे ५०८३ तथा सामिबु पिदार भव्यरुपमा मनाउन समाज हार्दिक अनुरोध गर्दछ ।

संविधनतः नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता लाई अंगिकार गरेको मुलुक भए ता पनि अहिलेसम्म व्यवहारतः एकल जाति, भाषा, संस्कृति, धर्मकै हालीमुहाली छ । यसर्थ इन्द्रेणी समाजको पक्षधार सुनुवार सेवा समाज, नेपालको वास्ताविक मानचित्र जस्तो छ त्यस्तै सबैको पहिचान भएको सुन्दर नेपाल निर्माणको लागि किरात येले सम्बत्लाई नेपाल सरकारबाट राष्ट्रिय सम्वत्‌को मान्यता दिइनु पर्दछ भन्ने अडान यथावत् राख्दछ ।


प्रकाशित : २०७९ पुष ३०, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप