लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बिहे गर्ने बाचा गरेर ३ करोड लिएपछि युवतीले तोडिन् इन्गेजमेन्ट !

एउटी महिलाले विवाहको वाचा गरिन् । त्यसपछि यो जोडीले इन्गेजमेन्ट गरे । त्यसपछि ती महिलाले युवकबाट करिब ३ करोड रुपैयाँ लिएकी थिइन् ।

किनकी विवाह अघि दम्पतीले एक सम्झौतामा हस्ताक्षर गरेका थिए, जस अनुसार छोरीको पढाइको खर्च भावी पतिले नै व्यहोर्नुपर्ने थियो ।

तर, पछि युवतीले बिहे तोड्दै पैसा फिर्ता गर्न पनि मानिनन् । त्यसपछि यो मुद्दा अदालतसम्म पुग्यो । अब अदालतले महिलालाई रकम फिर्ता गर्न आदेश दिएको छ ।

यो घटना चीनको सांघाई सहरको हो । यहाँ लिउ नामकी महिलाले झाङ नामक पुरुषसँग विवाह गर्ने वाचा गरेकी थिइन् । दुबैको सम्बन्ध सन् २०१५ मा सुरु भएको थियो ।

दुई वर्षपछि, तिनीहरूले विवाहपूर्व सम्पत्ति सम्झौतामा हस्ताक्षर गरे। अर्थात्, विवाह अघि गरेको सम्झौता । यस अनुसार लिउले झाङसँग विवाह गरे भने झाङले लिउकी छोरीको दुई वर्षको पढाइका लागि १० लाख युआन (लगभग २ करोड रुपैयाँ) तिर्नुपर्नेछ ।

यद्यपि उनले विवाहअघि १६ लाख युआन (३ करोड रुपैयाँ) दिएका थिए । त्यसपछि सन् २०१८ मा लिउले आफ्नो बुबा विवाहका लागि राजी नभएको बताइन् ।

विवाह रद्द हुँदा झांगले आफ्नो पैसा फिर्ता मागे, लिउले उनलाई दिन अस्वीकार गरिन् । यसपछि झाङसँग अदालत जानुको अर्को विकल्प थिएन । ३ करोड दिएको भए पनि १ करोड मात्रै दिएको लिखित प्रमाण थियो ।

जसका कारण अदालतले लिउलाई १ करोड मात्रै फिर्ता गर्न आदेश दिएको थियो । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार जब लिउले आफूविरुद्ध मु,द्दा चलेको थाहा पाइन् तब उनी विवाह गर्न राजी भइन् तर यसपटक झाङले मानेनन् ।

जब यो मुद्दा अदालतमा सुनुवाइ भयो, झाङ सही पाइए। यसपछि लिउलाई पैसा फिर्ता गर्न आदेश दिइएको थियो। यस विषयमा चीनको सामाजिक सञ्जालमा निकै बहस भइरहेको छ ।

एक अनलाइन प्रयोगकर्ताले लेखे, लिउ एक ठग हो?’ अर्को प्रयोगकर्ताले भने, यदि लिउले झाङसँग विवाह गरेको भए उसलाई बर्बाद गरिदिने थिइन्।


प्रकाशित : २०७९ माघ ३, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप