प्रतिनिधिसभा सभामुखमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई नेकपा एकीकृत समाजवादी (एस) पार्टीले समर्थन गरेको छ ।
नेकपा एसका सांसद प्रकाश ज्वालाले न्यौपानेलाई समर्थन गरेका छन् । न्यौपानेको समर्थकमा कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा रहेका छन् ।
प्रतिनिधिसभा सभामुखमा न्यौपानेलाई उम्मेदवार बनाउन नेपाली कांग्रेसका नेताहरू संसद भवन पुगेका थिए ।
न्यौपाने समानुपातिक सांसद हुन् । कांग्रेसले पार्टीमा लामो छलफलपछि सभामुखमा उम्मेदवारी दर्ता गर्ने निधो गरेको थियो ।
सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
प्रकाशित : २०७९ माघ ४, बुधबार : प्रकाशित