नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले प्रतिनिधिसभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको समेत बताए।
उनले संविधानले ग्रहण गरेको अवलम्वन र व्यवस्था गरेको प्रणालीले कार्यपालिकाभन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने बताए।
उनले ओलीको भनाइले संघीयता नै खतरामा रहेको आशंका उब्जिएको बताए।
सभामुखमा ईश्वरीदेवी न्यौपाने सबैभन्दा योग्य पात्र भएको पनि उनले बताए।
प्रकाशित : २०७९ माघ ५, बिहीबार : प्रकाशित