सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा तुईन विस्तापित गर्नका लागि स्थानीय तहसँग समन्वय गरिने बताएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छटौं बैठकमा बोल्दै मुख्यमन्त्री शर्माले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री शर्माले प्रदेश सरकारबाट किसानलाई ब्याज दिएर किसानलाई उत्साहित पुर्ण वातावरण सृजना गरिने साथै कर्णालीको रोजगारी सृजना गर्ने उद्देश्यका साथ वार्षीक १० हजार व्यक्तिलाई रोजगारीमा जोड्ने बताए । शर्माले चालु आर्थिक वर्षमा प्रदेश सरकारले लिएका नीतिहरु जस्ताको त्यस्तै प्रयोग गरिने समेत बताए ।
सामाजिक, आर्थिक सुचकाङ्कहरुको सुधार ल्याउनदेखि ‘समृद्धि कर्णाली’ बनाउनका लागि साझा पहल आवश्यक रहेको शर्माले बताए ।
प्रकाशित : २०७९ माघ ६, शुक्रबार : प्रकाशित