लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एनआईसीका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा १२ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुरस्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध हुने भएको छ।

आज यससम्बन्धी समझदारीपत्रमा यस बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ युनिभर्स श्यामप्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो डा. अन्जनी कुमार झाले हस्ताक्षर गरे।

उक्त समझदारीअनुसार यस बैंकमा खाता सञ्चालन गर्ने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरू तथा बैंकका कर्मचारीले यो फाइदा उपभोग गर्न सक्नेछन्।

यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा 3D CRT, IMRT, VMAT, Palliative Care / TBI (Total Body Radiation) उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने छ।

अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ।

साथै यस बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।


प्रकाशित : २०७९ माघ १०, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप