लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

स्वदेशी पार्टपूर्जाको उपयोगसहित ग्रन्थ इलेक्ट्रिकले नेपालमा इलेक्ट्रिक स्कुटर उत्पादन गर्ने

नेपालमा इलेक्ट्रिक स्कुटर उत्पादन हुने भएको छ। ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले नेपालमै इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल एसेम्बल उद्योग स्थानमा गर्न लागेको हो।

करिब ५ करोड रुपैयाँको लगानीमा भैरहवामा इलेक्ट्रिक स्कुटर र मोटरसाइकल एसेम्बल प्लान्ट स्थापना गर्न लागिएको ग्रन्थका सह संस्थापक तथा सीईओ सुजन ढुंगेलले बताए।

कम्पनीले एसेम्बल प्लान्ट स्थापनमा लागि भैरहवामा १० हजार स्क्वार फिट जग्गा खरिद गरेको छ। चैतबाट एसेम्बल प्लान्टको पूर्वाधार निर्माण शुरु गर्ने योजनामा कम्पनी छ।

कम्पनीले नेपालमा एसेम्बल शुरु गर्न अघि चीनबाट १०० यूनिट इलेक्ट्रिक स्कुटर आयात गरेर बिक्री वितरण गर्ने सीईओ ढुंगेल बताउँछन्।

‘चीनको एक कम्पनीलाई नेपाली ग्राहकको चाहना भूगोल सुहाउँदो इलेक्ट्रिक स्कुटर उत्पादन गर्ने जिम्मा दिएका छौं। करिब एक डेढ महिनामा इलेक्ट्रिक स्कुटर तयार भएर नेपाल आउँछन्,’ ढुंगेलले भने।

चीनमा उत्पादन भए पनि कम्पनीले नेपालमा इलेक्ट्रिक स्कुटर ग्रन्थ इलेक्ट्रिकै ब्रान्डमा बिक्री गर्नेछ। उनका अनुसार चीनबाट एफ फाइभ र एफ फाइभ ए मोडलका दुई इलेक्ट्रिक स्कुटर आउनेछ।

११० किलोमिटर रेञ्ज प्रदान गर्ने यी इलेक्ट्रिक स्कुटर नेपाली बजारमा करिब साढे २ लाखदेखि ३ लाख रुपैयाँमा बिक्री गर्ने योजनामा कम्पनी छ।

चीनबाट उत्पादन भएर आएको मोडलको आधारमा ग्राहका प्रतिक्रिया र आवश्यकताका आधारमा नेपालमा एसेम्बल हुने इलेक्ट्रिक स्कुरटको डिजाइनमा सुधार गरिने उनको भनाइ छ।

ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि नेपालको ईभी बजारका लागि नौलो नाम भने हैन। कम्पनीले विगत एक वर्षदेखि इलेक्ट्रिक तीन पांग्रे नेपालमै एसेम्बलगरी बिक्री वितरण गर्दै आइरहेको छ। कम्पनीमा ढुंगेलसहित जीवनकुमार क्षेत्री र कुमार निरौलाको लगानी छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को पुस मसान्तसम्म नेपालमा ६ अर्ब ७७ करोड रुपैयाँ बराबरको १३ हजार ७७२ यूनिट ईभी नेपाल भित्रिएका छन्।

उक्त अवधिमा ६५ करोड २८ लाख ६३ हजार रुपैयाँ बराबरको ५ हजार १३३ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएका छन्। पेट्रोलियम पदार्थको बढ्दो मूल्य र स्वदेशी जलबाट उत्पादन हुने विद्युतबाट ईभी प्रयोग गर्न सकिने भएकाले पनि नेपालीहरुको आकर्षण बढेको देखिन्छ। नेपालमा इलेक्ट्रिक सवारी प्रति बढ्दो आकर्षणबाट कम्पनी उत्साहित देखिन्छ।

भैरवहावको एसेम्बल प्लान्ट उत्कृष्ट र किफायती इलेक्ट्रिक स्कुटर उत्पादन गर्न कम्पनीले आवश्यक पार्टपूर्जा एउटै भेन्डरबाट खरिद गर्ने छैन। साथै उपलब्धताको आधारमा नेपालमा निर्माण भएको पार्टपूर्जा पनि प्रयोग गरिनेछ। यसका लागि कम्पनी र राष्ट्रिय आवष्किार केन्द्रबीच सम्झौता भएको छ।

‘सवारी उत्पादन गर्न आवश्यक पर्ने सबै पार्टपूर्जामा एउटा कम्पनीको मात्र विशेषज्ञता हुँदैन। कम्पनीहरुले आफ्नो विशेषज्ञताका आधारमा पार्टपूर्जा उत्पादन गर्छन्,’ उनले भने, ‘हामीले पनि एसेम्बलका लागि आवश्यक पार्टपूर्जाका लागि एउटै कम्पनीमा भर नपर्ने रणनीति लिएका छौं।’ यस्तो गर्दा उत्कृष्ट उत्पादन प्राप्त गर्नुका साथै लागत पनि कटौती गर्न सकिने उनको विश्वास छ।

भैरहवाको एसेम्बल प्लान्टको वार्षिक उत्पादन क्षमता १० हजार यूनिट रहेको उनको दाबी छ।


प्रकाशित : २०७९ माघ १०, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप