लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कर्णालीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषदलाई पुर्णता दिएका छन् । मुख्यमन्त्री नियुक्त भएको १४ दिन पछि शर्माले जिम्मेवारी बाँडफाड सहित मन्त्रिपरिषदलाई पुर्णता दिएका हुन् । प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । कर्णालीमा रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सहित ८ वटा मन्त्रालयबाट ७ वटामा झारेका मुख्यमन्त्री शर्माले माओवादीलाई ४ र एमालेलाई ३ मन्त्रालयमा राखेका छन् । जस अन्तरगत एमालेबाट तीन र माओवादीबाट मुख्यमन्त्रीसहित चार जना मन्त्री बनेका छन् । सोही सहमति अनुसार माओवादीबाट कृष्णबहादुर जिसीलाई आन्तरिक मामिला तथा योजना मन्त्री र भीमप्रकाश शर्मालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरीएको छ । यस्तै कर्णाली प्रदेशमा मन्त्रिमण्डललाई समावेशी तथा प्रदेश सरकारमा दलित र महिलाको सहभागिता शून्य भएपछि नेकपा माओवादी केन्द्रले डोल्पाकी उर्मिला विश्वकर्मालाई भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री बनाईएको छ ।

त्यस्तै एमालेका टेकराज पछाईलाई सामाजिक विकास मन्त्री र जीतबहादुर मल्ललाई उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरीएको छ । तीनै पाँच नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । चार जना मन्त्रीलाई प्रदेश प्रमुख तिलक परियारले र मुख्यमन्त्री राजकुमार शर्माले राज्यमन्त्री विश्वकर्मालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नयाँ मन्त्रीहरुलाई कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीमा नियुक्त गरेका थिए । ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको थियो । एउटा मन्त्रालय घटाईए पनि एक राज्यमन्त्री थपेर पुन ८ सदस्यीय नै बनाइएको छ ।     


प्रकाशित : २०७९ माघ ११, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप