लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कांग्रेसलाई सरकारमा आउन रोक्न एमालेले सभामुखसँग मिलेर प्रतिपक्षीको दर्जा दियो’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि हाइज्याक भएको बताएका छन्।

शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रममा उनले सरकारमा सहभागी हुनबाट रोक्ने हेतु नेकपा एमालेले हतारमा सभामुखसँग मिलेमतो गरेर नेपाली कांग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाइएको बताए ।

उनले नेकपा एमाले र सरकार सभामुखसँग चाँडो भन्दा चाँडो कांग्रेसलाई प्रतिपक्षमा धकेल्न लगाइएको बताए । उनले संसदलाई राष्ट्रिय पञ्चायत जस्तो बनाइएको आरोप लगाए ।

संसदमा कुनै पनि प्रतिपक्ष नरहेको जिकरि गर्दै संसदलाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार भएको बताए ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेका पार्टीहरूसँग नेशन्स बिल्डिङ र ट्रान्सफरमेसनको कुनै एजेण्डा नभएको बताए ।

उनले पार्टीहरू सत्ता र पदको लागि अवसरको खोज्ने काममा नै लागिपरेको बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भूमिकाले अवसर खोज्ने कुरामा मात्रै पार्टीहरू केन्द्रित भएको पुष्टि गरेको बताए ।

राजनीतिक पार्टीहरू एजेण्डा र विचारविहीन भइसकेका उनले तर्क गरे। उनले पार्टीहरूलाई दासहरूको कुम्भ भेलाको संज्ञा दिए ।

उनले भने, ‘संविधानले एउटा सेरमोनियल राष्ट्रपतिको परिकल्पना गरेको छ । संविधानको विद्यार्थीले संविधान पढ्ने हो भने उसलाई कुनै पनि पावर छैन भन्छ तर बाहिरको कुरा हेर्ने हो भने सिंहदरबारबाट पावर सिस्टम नै शितलनिवासतिर सिफ्ट भयो ।’

राष्ट्रपतिले दुई दुई पटक सरकारबाट गएको विधेयक पनि पास नभएको भन्दै उनले राष्ट्रपतिले संविधान नै गोजीमा राखेर हिँडेको जस्तो भएको बताए।

उनले थपे, ‘कोही पनि संसदमा प्रतिपक्ष छैन, सारा सत्ता पक्ष, झनै हाइज्याकमा परेको छ । यो संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार हो । नर्थ कोरियको जनकंग्रेस जस्तो बनायौँ । अपोजिसनको संवैधानिक भूमिका छन् भन्नेकुरा पनि हेक्का राखिएन ।’

सत्ता पक्षलाई भोट हाल्ने प्रतिपक्ष हुँ भन्ने कन्स्टियुसन मोडालिटी नभएको उनले बताए।

‘हतारमा सभामुखसँग मिलेमतो गरेर एउटा राजनीतिक पार्टीको समर्थनमा यो सरकार बनेको त्यसको चाहनामा नेपाली कांग्रेसलाई अपोजिशनको दर्जा दिन लगाइएको छ, सभामुखको प्रयोग गरेर, त्यो एमाले पार्टीको चाहनामा भएको छ,’ उनले बताए।


प्रकाशित : २०७९ माघ १४, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप