लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

रविले आजै फेरि मन्त्रीको शपथ खाने चर्चा, राजनीतिक चक्रब्युहमा फस्दैछ रास्वपा

आजै रवि लामिछानेले नयाँ नागरिकता लिँदै छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिने बित्तिकै उनी फेरि उपप्रधान तथा गृहमन्त्रीको कुर्सीमा पूर्ववतः पुग्ने चर्चा समेत चलिरहेको छ । समाचार स्रोतका अनुसार शुक्रबार साँझ नै एक ढङ्गको सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित बसेर गरिएको छ ।

सो समझदारी अनुसार आज आइतबार कार्यालय खुल्नै वित्तकै राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुनर प्राप्तिका लागि निवेदन दिने छन् । नागरिकता पाउने वित्तिकै संविधानले दिएको ६ महिने सुविधा प्रयोग गर्दै उपप्रधान तथा गृहमन्त्रीकारुपमा शपथ खानेगरि प्रधानमन्त्रीसँग सहमति भएको उच्च समाचार स्रोतले जानकारी दिएको छ । निर्वाचन आयोगसँग समन्वय गरी छिट्टै चितवनमा उपनिर्वाचन गर्ने र सोही स्थानबाट फेरि रवि लामिछानेलाई नै जिताएर ल्याउनेसम्मको गठबन्धनको तयारी रहेको जनाइएको छ ।

रवि लामिछानेको नागरिकता प्रकरणमा नै राजनीतिक दाउपेच निकै हाबी भइसकेको हुनाले उनलाई एकैसाथ दुई वटा राहदानी बोकी हिँडेको अभियोगमा थप मुद्दा चलाएर अड्काउने सम्भावना समेत देखिन्छ ।

उनले नेपाली र अमेरिकी राहदानी एकैसाथ प्रयोग गरेको विषयमा अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेका वकिलहरू भने सो मुद्दालाई अग्राधिकार नदिई पाँच वर्ष अड्काउनेगरि राजनीतिक दबाब आउने हो की भन्ने पिरलोमा छन् । उता रवि लामिछानेको नागरिकता प्रकरणमा मुद्दा हराएको भन्दै नारा जुलुस गर्ने र सर्वोच्च तर्फ फर्केर धारे हात लगाउने उनका समर्थकहरूले नै अनेकौँ लफडा र विवादमा पारेर उनको छवि अझ बढी धुमिल्याउने चिन्ता रविका निकटस्थहरूले गरिरहेका छन् ।

रविलाई अहिले सबैभन्दा बढी अप्ठ्यारो उनकै समर्थकहरूबाट छ । उनीहरूको अराजकताले रवि विरोधी माहोलमा झन् घिउ थप्ने सम्भावनाकाबिच सत्ता राजनीतिको जोड घटाउका हिसाब किताबमा समेत रविबारेका निर्णयहरू मिसिनाले रवि र उनको पार्टी रास्वपाको राजनीतिक भविष्यलाई नै चक्रब्युहमा पारेको विश्लेषण गरिँदै छ ।


प्रकाशित : २०७९ माघ १५, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप