लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

सडकमा तरकारी फालेर चितवनका किसान आन्दोलित

चितवनका किसानले सडकमा तरकारी फालेर आन्दोलन गरेका छन्। भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले मुल्य नपाएको भन्दै (आज) शुक्रबार नारायणगढ सडकमा तरकारी फालेर आन्दोलन गरेका हुन्। किसानहरुले छ वटा ट्याक्टरमा ल्याएका टमाटर, काउली, बन्दा, फर्सि मेवा, केराउ लगायतका तरकारी सडकमा फालेका थिए।

किसान लेखनाथ भूषालले उत्पादित वस्तुले बजार नपाउँदा सडकमा फाल्नु परेको बताए। ‘बारीमा तरकारी उत्पादन भैरहेको छ। बजारमा बिक्रि छैन।’ उनले भने, ‘बारीमै कुहिनु भन्दा सडकमै फालेर आन्दोलन गरेका हौँ।’ उनका अनुसार आज टमाटर चार हजार केजि, काउली एक हजार, बन्दा दुई हजार, फर्सि छ सय, सिमि दुई सय,गाजर पाँच सय र केराउ ५० केजि सडकमा फालिएको छ।

पूर्वि चितवन र पश्चिम चितवनका किसानले सडकमा फालेका हुन्। नेपाली किसान मार्न पाइदैन विदेशी तरकारी तथा फलफुल चाहिँदैन भन्ने मुल नाराका साथ किसान सघर्ष समिति नै बनाएर आन्दोलन गरेका छन्। उनीहरुले किसान मारा झोले अनुदान नीति बन्द गर, किसान मारा दलालहरु होसियार, बारीमा जाउँ भविष्य छैन खाडीमा जाउँ उमेर छैन जस्ता मर्म स्पिर्शी नारा लेखेका पेलेकार्ड बोकेका थिए।


प्रकाशित : २०७९ माघ २०, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप