लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

रास्वपासँग कुरा हुँदैछ, समस्या समाधान हुन्छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफ्नो कुरा भइरहेको बताएका छन्।

शनिबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै रास्वपासँगको समस्या समाधान हुने बताए।

रास्वपाले दिएको दुई दिनको समय आज सकिँदैछ नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ। समस्या समाधान हुन्छ।’

रास्वापाले आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने बताउँदै आएको छ। बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डलाई दुई दिनको समय दिएको थियो।

सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता अवैध रहेको भन्दै उनको सांसद पद खारेज गरेको थियो। लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनःप्राप्तिका लागि कानुनी प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चको संवैधानिक इजलासले माघ १३ गते उनको नागरिकता अवैध रहेको ठहर गरेको थियो।

सर्वोच्चको उक्त फैसलापछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदसमेत गुमाएका थिए। त्यसपछि उनले प्रक्रिया पुर्‍याएर आइतबार नेपाली नागरिकता लिएका थिए। नागरिकता लिएसँगै उनले प्रधानमन्त्रीसमक्ष आफूलाई पुनः गृहमन्त्री बनाउन दबाब दिँदै आएका छन्।

उनको मागमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक छन्। तर प्रधानमन्त्री प्रचण्ड भने रास्वपालाई गृह मन्त्रालय नदिने अडानमा छन्। जसका कारण सत्ता गठबन्धनमा खटपट सुरु भएको बताइएको छ।


प्रकाशित : २०७९ माघ २१, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप