लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जरायो प्रकरणः विदेशी समूहको संलग्नता

वीरगञ्ज – पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा विदेशी समूहको पनि संलग्नता रहेको देखिएको छ। पुस ४ गते निकुञ्जको जमुनिया खोला क्षेत्रबाट पाँच जना मृत जरायो तथा हतियारसहित पक्राउ परेका थिए।

उक्त घटनामा संलग्नमध्ये ४९ जनालाई प्रतिवादी बनाएर निकुञ्जले मुद्दा दर्ता गरेर कारबाही अगाडि बढाएको छ। सोही क्रममा जरायो मारेको घटनामा स्वदेशीसहित विदेशी समूहको संलग्नता रहेको पनि प्रमाण भेटिएको निकुञ्जको कार्यालयले जनाएको छ।

संरक्षित वन्यजन्तुको सिकार गरी तिनका अखेटोपहार अन्तर्राष्ट्रिय रुपमा हुने गरेको प्रमाण भेटिएपछि निकुञ्जले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, ०७३ र संगठित अपराध नियन्त्रण ऐन, ०७० बमोजिम थप अनुसन्धान गर्ने निर्णयसमेत गरिएको कार्यालयका सूचना अधिकारी सूर्य खड्काले बताए।

 ‘प्रतिवादीहरूले स्वदेशी र विदेशको विभिन्न स्थानमा समूह बनाई आधुनिक हतियारसमेतको प्रयोग गरी संरक्षित वन्यजन्तुको समेत सिकार गरी तिनका अखेटोपहार अन्तर्राष्ट्रिय रुपमा ओसारपसार गर्ने गरेको दशी प्रमाणका आधारमा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय ब्यापार नियन्त्रण ऐन, २०७३ र संगठित अपराध नियन्त्रण ऐन, २०७० बमोजिम थप अनुसन्धान हुनका लागि निर्णय भएको खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिवादीमध्ये यस कार्यमा क–कसको संलग्नता छ भन्ने कुरा निकुञ्जले खुलाएको छैन। यसैगरी प्रतिवादी बनाइएकाहरूमध्ये केही ब्यक्तिको अस्वाभाविक रुपमा वितीय कारोबार भएको पनि खुलेको छ।

उनीहरूलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन,२०६४ बमोजिम थप अनुसन्धानको लागि सम्पति शुद्धीकरण अनुसन्धान बिभागमा लेखी पठाइएको निकुञ्जले जानकारी दिएको छ। निकुञ्जले जरायो मारेको घटनामा प्रतिवादी बनाएका ४९ जनामध्ये ३४ जना भने फरार रहेको जनाएको छ।

कार्यालयले मृत जरायो र हतियारसहित पक्राउ परेका झापसदास थारू, नवराज बस्नेत, शिल सहनी, दामोदार अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलम मियाँ अन्सारी, भोलाबहादुर थापा पुन मगरविरुद्ध मुद्दा दर्ता गरेको छ।

यस्तै, पर्सा क्षेत्र नम्बर ३ को १ बाट निर्बाचित मधेस प्रदेश सभा सदस्य प्रमोद जैसवाल, काठमाडौँ क्षेत्र नम्बर ५ को २ बाट निर्बाचित बागमती प्रदेश सभा सदस्य श्यामबहादुर खड्का र पर्साको सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालविरुद्ध पनि निकुञ्जले मुद्दा चलाएको छ।

जरायो मारेको घटनामा प्रदेश सांसद प्रमोदको फार्म हाउसबाट हतियारसहित पाँच जना पक्राउ परेका थिए। यस्तै, अर्का प्रदेश सांसद खड्काको नाममा रहेको बन्दुक पनि घटनास्थलबाट बरामद गरिएको थियो।


प्रकाशित : २०७९ माघ २१, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप