लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

किन आए अचानक विप्लव काठमाडौँ ?

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टीका बैठक सकेर कलिवस्तुको शिवगढीबाट काठमाडौं आइपुगेका छन् । गत शनिवार काठमाडौँ आएका विप्लव प्रधानमन्त्री प्रचण्डलाई भेट्न आएका हुन् । प्रधानमन्त्री प्रचण्डसहित नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालाई भेट्न उनी कपिलवस्तुको शिवगढीबाट काठमाडौँ आएका हुन् ।

पार्टीको सचिवालय, पोलिटब्यूरो र केन्द्रीय समिति बैठक सकेर विप्लव काठमाडौं आएका हुन् । महरालाई भेटे पनि प्रधानमन्त्रीसँग भेट हुन नसकेको विप्लव निकट एक नेताले बताए । प्रधानमन्त्रीसँग समय माग गरिए पनि पाउन नसकिएको ती नेताले बताए । विप्लव बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्ताका विषयमा छलफल गर्न काठमाडौँ आएको हुन सक्ने आकलन गरिएको छ ।

यसअघि महरा विप्लवलाई भेट्न शिवगढी गएका थिए । गत पुस ३० गते गृहजिल्ला रोल्पा जानेक्रममा विप्लवलाई महराले भेटेका हुन् । विप्लवले पार्टी एकताका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न सक्ने बताइएको छ ।


प्रकाशित : २०७९ माघ २२, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप