लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

पोखरा विमान दुर्घटना– इन्जिन चलिरहेको थियो, अवतरण गर्न खोज्दा पंखाको एंगल मिलेन

पोखरामा भएको यती एयरको विमान दुर्घटनाका सम्बन्धमा भएको जाँचबुझ बारेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठित जाँचबुझ आयोगले जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको पाइएको जानकारी दिएको हो ।

आयोगले प्रारम्भिक जानकारीसहितको विज्ञप्ति जारी गर्दै भनेको छ, ‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त 9N ANC जहाज अवतरण गर्ने क्रममा बेस लेग (Base Leg)मा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिन्छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अत: उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी यस आयोगले प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइसकेको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

सामान्य बोलीचालीको भाषामा भन्नुपर्दा​ इन्जिन चलिरहेको भए पनि पंखाको एंगल नमिलेका कारण दुर्घटना भएको देखिएको जाँचबुझ आयोगका सदस्य सिनियर इन्जिनीयर एकराजजंग थापाले बताए ।

‘इन्जिन चलिरहेको भए पनि अवतरणका क्रममा पंखाको ब्लेड एंगल नमिलेको जस्तो देखियो । के कारणले एंगल मिलेन भन्ने विषयमा छानबिन हुन बाँकी छ,’ थापाले भने, ‘मानवीय त्रुटिका कारण त्यस्तो भयो कि प्राविधिक त्रुटिका कारण भन्ने विषयमा अनुसन्धान गर्न बाँकी छ ।’

यही माघ १ गते यती एयरको एटीआर विमान पोखरा विमानस्थलनजिक सेती खोंचमा दुर्घटनाग्रस्त हुँदा चालक दलका ४ सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।

 


प्रकाशित : २०७९ माघ २३, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप