लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मृगौला प्रत्यारोपण सफल

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मृगौला प्रत्यारोपण सफल भएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डाक्टर पुकार चन्द्र श्रेष्ठको समूह र प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसहितको समूहले प्रदेश अस्पताल सुर्खेतमा बर्दघाट नगरपालिका–४, नवलपरासीका २२ वर्षीय युवाको मृगौला सफल प्रत्यारोपण गरेको हो ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काकाले पछिल्लो समय अस्पतालमा मृगौलाका बिरामी बढ्न थालेको बताउँदै मृगौला प्रत्यरोपण सेवा शुरु गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ “हामी चाँडै नै आफ्नै जनशक्तिबाट यो सेवा पूर्णरुपमा शुरु गर्दैछौ । हामीले अनुमति पाएको ३ महिनामा नै मृगौला प्रत्यारोपण सेवा शुरु गर्न सफल भएका छौ । अब कर्णालीका नागरिकहरुले मृगौला प्रत्यारोपणकालागि काठमाण्डौं जानुपर्ने बाध्यताको अन्त भएको छ ।”

यही माघ १४ गते मृगौला प्रत्यारोपण सेवा शुरु गर्ने भनेका थियौ तर प्राविधक कारणले हामीले २१ गते प्रत्यारोपण गर्न सफल भएका छौ यो हाम्रो एउटा ऐतिहासिक कामको सुरुवात हो । निर्देशक डा. खड्का भन्नुहुन्छ ।


प्रकाशित : २०७९ माघ २३, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप