लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सबडिभिजन वन कार्यालय कालिमाटीका फरेष्टरसहित ६ जनाविरुद्ध अख्तयारको मुद्दा

सल्यानको कालिमाटी सब डिभिजन वन कार्यालय कालिमाटीका फरेष्टर जय पृथ्वीराज बुढाथोकी, सहायक वन अधिकृत, वन उपभोक्ता समूहका अध्यक्ष, सप्लायर्ससमेत ६ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो।

तुल्सीपुर-पुरन्धारा-बोटेचौर सडकखण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी -३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरु कटान, मुछानलगायत बिक्री वितरणमा अनियमितता गरेको अख्तियारको ठहर छ।

स्तरोन्नतिको क्रममा हटाइएका रुखहरुको कटान मुछान तथा निकासी कार्यमा लगत, कटान तथा घाटगद्दी रजिष्टर तयार, काठ दाउराको लगत तयार गर्दा घाटगद्दीमा रहेको वास्तविक परिमाणमा भन्दा कम नापजाँच गरी लगत तयार गरी गरेको अख्तियारको आरोप पत्रका उल्लेख छ।

बुढाथोकीले काठ घाटगद्दी नगरी लगतमा समेत नराखी हिनामिना गरेकाले ऐनको दफा १७ बमोजिम २ लाख ६८ हजार ५ सय ५१ रुपैयाँ बिगो कायम गरी सजाय र हिनामिना भएको सम्पत्ति असुलउपर गर्न समेत अख्तियारले माग गरेको छ।

कालिमाटी सवडिभिजन वन कार्यालय, कालिमाटीका सहायक वन अधिकृत मनोज शर्मा लम्सालले संकलन भएका काठदाउराको घाटगद्दी एवं ग्रेडिङ चेकजाँच तथा प्लटको अन्तिम जाँच गर्ने क्रममा कालिमाटी सबडिभिजन कार्यालयले तयार गरेको गलत लगतलाई नै समर्थन गरेको भन्दै ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद माग गरिएको छ। साथै शर्मालाई जरिवाना र ठेकेदारसँग मिलेमतो गरी १ लाख रुपैयाँ घुस लिएको आरोपमा सोही रकम बिगो माग गरिएको छ।

त्यस्तै सामुदायिक वन उपभोक्ता समूह कालिमाटी-३, सल्यानका अध्यक्ष भीम बहादुर कवर, कोषाध्यक्ष जुद्द कुमारी वली र सचिव पुष्पा वली खासु मगरविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

उनीहरूले काठको लगत रजिष्टरमा दस्तखत गरी प्रमाणित गरेको आरोप अख्तियारको छ। उनीहरूलाई पनि १ लाख ८७ हजार ८ सय ७७ रुपैयाँ बिगो कायम गरी ऐनको दफा २१ बमोजिम सजाय माग गरिएको छ।

साथै दुर्गा ट्रेडर्स एण्ड सप्लायर्स, बबई गाउँपालिका -4, दाङ्गका संचालक दुर्गा प्रसाद वलीले कालिमाटी सबडिभिजन वन कार्यालय, कालिमाटी, सल्यानले तयार गरेको कटान रजिष्टर, घाटगद्दी लगत र काठदाउरा मूल्याङ्‍कन फारममा उल्लेख भएको काठको नाप साइज तथा गोलिया परिमाणमा, वास्तविक परिमाणभन्दा कम नाप लिएको भन्दै सोही रकम बिगो माग गरिएको छ।


प्रकाशित : २०७९ माघ २४, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप